सर्लाहीको चक्रघट्टा-१ मा झडप हुँदा प्रहरीद्वारा हवाई फायर
हेटौंडा खबर
३० बैशाख २०७९, शुक्रबार १५:१३
सर्लाहीको चक्रघट्टा गाउँपालिका-१ शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा दुई पक्षको झडपका कारण स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको छ ।
मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् । घाइतेको यकिन विवरण भने अझै आएको छैन ।