व्यवस्थापन फितलो भएको भन्दै हेटौंडाका मतदाता आक्रोशित
हेटौंडा-९ स्थित प्रगति मावि मतदान केन्द्रमा निर्वाचनको व्यवस्थापन फितलो देखिएको छ ।
व्यवस्थापनमा खटिएका कर्मचारी, प्रहरी तथा स्वयंसेवकहरूले लापरबाही गरेको भन्दै मतदाता आक्रोशित भएका छन् ।
पानी परेर लगभग डेढ घण्टा निर्वाचन रोकिएर पुनः सुचारु हुने क्रममा मतदाताको लाइन व्यवस्थापन राम्रोसँग नहुँदा मतदान केन्द्रको प्रवेशद्वारमा मतदाताको भिड लागेको छ ।
लाइन व्यवस्थापनका लागि खटाइएका स्वयंसेवकहरू बिहानी समयमा देखिए पनि आवश्यक पर्दा नदेखिएको मतदाताको आरोप छ ।
निर्वाचन आयोगले नै खटाएका स्वयंसेवकहरू नै बिहानीको समयमा मतदातासँग मत माग्दै गरेको भेटिएपछि केही समय चर्काचर्कीसमेत भएको थियो ।