मकवानपुरगढीमा मतगणना सुरु, गठबन्धनको अग्रता
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणना सुरु भएको छ ।
गणनामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ ।
शनिबार बिहानबाट गाउँपालिकाको वडा नंबर ८ को १ सय मत गणना गर्दा नेपाली कांग्रेस-नेकपा माओवादीको गठबन्धन ले ५६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३८ मत प्राप्त गरेको छ ।
१९ हजार ११८ जना मतदाता रहेको गाउँपालिकामा १३ हजार ९५३ जनाले शुक्रबार भएको निर्वाचनमा मतदान गरेका थिए । गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् ।
गाउँपालिकाको अध्यक्षका लागी यहाँ नेकपा एमालेबाट बिदुर हुमागाईं, गठबन्धनको तर्फाबाट नेपाली कांग्रसका दोर्जे लामा स्यान्तान, राप्रपाका विजय सिंह ठकुरी,र स्वतन्त्रबाट ३ जना चुनावी मैदानमा छन् त्यस्तै उपप्रमुखका लागि एमालेबाट सन्तु थिंग नेकपा माओबादी केन्द्रबाट मान कुमारी पाख्रिन, राप्रपाबाट हिरा देबी हुमागाईं रहेका छन् ।