हेटौंडामा २ सय मत गन्दा एमालेकै अग्रता, वडामा कांग्रेस
हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले सुरुवाती अग्रता लिएको छ हेटौंडा उपमहानगरपालिका १ को २०० मतगणना गर्दा एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त पौडेलले ७१ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनको तर्फकि मिना कुमारीलामाले ६५ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहको ४२ मत प्राप्त भएको छ ।
त्यस्तै उपमेयरमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काङ्ग्रेसका राजेश बानियाँको ८८ मत प्राप्त भएको छ । नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेको ८२ मत प्राप्त भएको छ । त्यस्तै राप्रपाका उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेको ८ मत प्राप्त भएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सविन न्यौपानेले ९२ मत प्राप्त गर्दा एमालेका उत्तम पौडेलको ८९ मत प्राप्त भएको छ त्यस्तै राप्रपाका सुजन शाहीको ८ मत प्राप्त भएको छ ।
४ हजार ७ सय ८८ मतदाता रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९३ जनाले मतदान गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका प्रमुखका लागी १८ जना चुनावी मैदानमा छन् । त्यस्तै उपमेयरका लागि ९ जना चुनावी प्रतिष्पर्धामा छन् ।
हेटौडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४ सय ७३ जना मतदाता रहेकोमा १९ वटा वडाहरुका ७४ हजार १ सय ८५ जनाले मतदान गरेका थिए।