मकवानपुरका ४ वडाको नतिजा सार्वजनिक, ३ वटामा कांग्रेस, एउटामा माओबादी बिजयी  

हेटौंडा खबर
३१ बैशाख २०७९, शनिबार १६:२८

मकवानपुरको ४ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा ३ वटाका नेपाली कांग्रेस र १ वडामा नेकपा माओबादी केन्द्रले जितेको छ ।

जिल्लाको मनहरी गाउँपालिका १ नम्बर वडामा शिव प्रसाद खनाल विजयी भएका छन् । शनिबार दिउँसो सम्पन्न मतगणनामा खनाल ७ सय मतान्तरले विजयी भएका हुन् । खनाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १ हजार ९३ मतसहित खनाल विजयी हुँदा निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत मात्रै ल्याए । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ३ सय ३१ मत पाएका छन् । १ नम्बर वडामा खनालको प्यानलै विजयी भएको छ । वडा सदस्यमा दीपक ढकाल, सानोकान्छा घलान, सेतीमाया तामाङ र सावित्री घिमिरे निर्वाचित भएका छन् । यसअघि नेपाली कांग्रेसबाट इन्द्रसरोवर गाउँपालिका–१, भीमफेदी गाउँपािलका १ नम्बर वडामा पनि वडा अध्यक्ष निर्वाचित भइसकेका छन् ।

त्यस्तै मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा कांग्रेसका सुवास थापा मगर बिजयी भएका छन् । उनि  ७ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गरे । यस्तै वडा सदस्यहरुमा नेपाली काग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिग,गोमा लामा बिजयी भएका छन् भने दलित तर्फ सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्बसम्मत भएकी थिईन ।

त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विजयी भएका छन् । आज सम्पन्न भएको मतगणनाको अन्तिम मत परिणाम अनुसार वडाध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङ्तान ९ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनि पाँच दलीय गठवन्धनको तर्फबाट उम्मेदवार हुन् । निकटतम प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ मत ल्याएकी छिन् । वडा नम्बर १ मा १ हजार ६ सय ४१ मत खसेको थियो भने ७२ मत बदर भएको बताईएको छ । यो वडामा गठबन्धनबाट सदस्यहरुमा मुक्ती लामा,राजकुमार स्याक्तान,गोपिनि बिक,सुमित्र थिग बिजयी भएकाछन् ।

त्यस्तै थाहा नगरपालिका वडा नम्वर १ को सम्पन्न मतगणनामा अध्यक्ष पदमा माओवादी केन्द्रका हेरमान गोपाली १ सय ५ मतान्तर सहित विजयी भएका छन् ।

गोपालीले ८ सय ६३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रदिप प्रधानले ७ सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रुपचन गोपालीले ३ सय ५८ मत प्राप्त गरेका छन् । वडा नम्वर १ मा उनीसहित माओवादीको प्यानल नै विजयी भएको हो । अब वडा नम्वर २ को मतगणना थालनी गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*