इन्द्रसरोबरमा एमालेको अग्रता कायमै
मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
चारवटा वडाको मतगणनाको क्रममा एमाले करिब सातसय मतले अगाडि रहेको छ । एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी ३४२५ ले मत प्राप्त गर्दै विजयतर्फ उन्मुख भएका छन् । नेपाली कांग्रेसका विश्वलाल लामाले २७०२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी उमाकुमारी लामाले ३३७८ मत प्राप्त गरेकी छन् ।
कांग्रेसकी निर्मला रुम्बाले २७६६ मत प्राप्त गरेकी छन् ।