हेटौंडामा ४१ घण्टामा १० हजार मतगणना, गठबन्धन र एमालेलाई पछी पार्यो राप्रपाले

हेटौंडा खबर
२ जेष्ठ २०७९, सोमबार ०१:२१

हेटौंडामा ४१ घण्टामा १० हजार मतगणना, गठबन्धन र एमालेलाई पछी पार्यो राप्रपाले

हेटौंडा उपमहानगरपालिकामा १० हजार मत गणना भएको छ । यहाँ १० हजार मत गणना गर्न ४० घण्टा बढी समय लागेको छ ।

हेटौंडा-२ स्थित सिद्धार्थ माविको मतगणना स्थलमा वडा नम्बर १,२,१८ र १९ वडाका मतगणना कार्य शनिबार बिहान ८ बजेदेखि सुरु भएको थियो ।

सोमबार बिहान १ बजे १० हजार मतगणना गरिएको छ । १० हजार गन्दा राप्रपाले अग्र स्थान लिइरहेको छ । मतगणना सुस्त भएपछी थप ४ वटा मतगणना स्थल थप्ने प्रयास भैरहेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

शुक्रबार भएको मतदानमा हेटौंडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४ सय ७३ जना मतदाता रहेकोमा १९ वटा वडाहरुमा ७४ हजार १ सय ८५ मत खसेको छ ।

हाल हेटौंडा–२, ३, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने विजयी भैसकेका छन् ।

१ बजेसम्मको ताजा मत परिणाम अनुसार हेटौंडा उपमहानगरपालिको मेयरका लागी प्राप्त मत : 

दिपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)- ३०६५

मिना कुमारी लामा,  गठबन्धन उम्मेदवार (नेकपा समाजवादी) –२९७४

अनन्त पौडेल (नेकपा एमाले) – २६८३

हेटौंडा उपमहानगरपालिकाको उप-मेयर लागी प्राप्त मत 

गठबन्धन उम्मेदवार (नेपाली कांग्रेस) राजेश बानियाँ  – ४४७२

नेकपा एमाले – ३३३४

राष्ट्रिय प्रजातन्त्र पार्टी- ८९३

यसमा तपाइको मत

Your email address will not be published.


*