कार्यव्यवस्था र संसद् बैठकका विषयमा एमाले छलफलमा

हेटौंडा खबर
३ जेष्ठ २०७९, मंगलवार १४:०३

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जाने/नजाने केही निर्णय भइनसकेको जनाएको छ ।

समितिको बैठक आज दिउँसो साढे २ बजेका लागि आह्वान गरिएको छ ।

आजै अपराह्न ४ बजे सुरु हुने संसद् बैठक चल्न दिने/नदिने विषयमा पनि निर्णय गरिसकेको छैन ।

पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमै भएकाले के गर्ने भन्ने निर्णय भइनसकेको बताए ।

“हामी छलफलमै छौँ । बैठकमा जाने/नजाने तथा संसद् चल्न दिने/नदिने विषयमा निर्णय भइसकेको छैन,” उनले बाह्रखरीसँग भने ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । एमाले सांसदले यसअघिको हिउँदे अधिवेशन सञ्चालनमा अवरोध गरेका थिए ।

पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदकोे सूचना टाँस गर्न माग गर्दै एमालेले निरन्तर संसद्मा अवरोध गरेको थियो ।

एमालेकै अवरोधबीच सर्वत्र चासोका साथ हेरिएको अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नेलगायत कार्य अघिल्लो अधिवेशनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*