हेटौंडामा प्रहरी प्रशासन र गाई तस्करबीच मिलेमतो, १३३ वटा गाईगोरु फेला गर्दा सिडिओ किन मौन ?
हेटौंडामा गाई तस्करलाई प्रहरीले नै सहयोग गर्ने गरेको पाइएको छ ।
गत आइतबार केहिदिन अघि हेटौंडा १५ रातोमाटेमा ठुलो संख्यामा गाई गोरुहरु फेलापरे पनि प्रहरीले वास्तै नगरी छोडेको छ ।
लु २ ख ७५७ ,लु २ ख ६०४,लु २ ख ६५५, लु २ ख ५९३ , नम्बरको ४ वटा ट्रकमा लुम्बिनीको रुपन्देहीबाट ल्याईएको १ सय ३३ वटा गाईगोरु हेटौंडामा फेला परेपनि प्रहरीलेले वास्तै नगरी छाडेका छन् ।
कागजपत्रमा गाईगोरुको संख्या , विक्री वितरण भएको स्थान र गाईगोरु लगिने भनिएको स्थानमा उल्लेख गरिएको कागजात समेत संकास्पद भेटिएपनि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेले समेत कुनै चासो नदिई तस्करलाई उन्मुक्ति दिइएको छ ।
कागजातमा सम्पर्क नम्बरमा केरमेट गरिएको, कागजातमा १ सय १७ वटा मात्र गाईगोरु भएको तर ट्रकमा सो भन्दा बढी भएको र रातोमाटेलाई ट्रान्जिट पोइन्ट बनाई देशका विभिन्न स्थान हुदै गाईगोरु बंगलादेश सम्म पुर्याउने संजालबारे सुचना पाउदा पाउदै पनि मकवानपुरका सिडिओ र जिल्ला प्रहरी कार्यालयले कुनै चासो नदिई गाई तस्करलाई उन्मुक्ति दिएको खुलासा भएको छ ।
यसले तस्करहरुसंग हेटौंडाका प्रहरी र प्रशासनकै मिलोमतो छ भन्ने दरिलो प्रमाण पेश गरेको छ ।
यसबारे थप प्रमाणसहितको खबर केहि समय पछी प्रकाशन गर्नेछौं ।