डोरमणि पौडेलकै वडामा एमाले कमजोर, ७ सय मतगणना हुँदा अनन्तको सबैभन्दा कम
हेटौंडा उपमहानगरपालिका- ११ मा हालसम्म ७०० मतगणना गरिएको छ । यो वडा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको वडासमेत हो । तर यहाँ एमालेको मत निकै कम आएको छ । ७०० मत गणना गर्दा ११ नम्बर वडामा मेयरका लागि एमालेका उम्मेदवार अनन्त पौडेललाई १७५ मत प्राप्त भएको छ । त्यस्तै कलममा १९४ मत प्राप्त हुदा हलोमा सबै भन्दा धेरै २२२ मत पाप्त भएको छ ।
त्यस्तै उपमेयरका लागि रुखमा २३४, सुर्यमा २३८ मत प्राप्त भएको छ ।
त्यस्तै वडा अध्यक्षमा हसिया हथौडा १९६, सुर्यको २५३ मत र धारोमा १०९ मत प्राप्त भएको छ ।