मकवानपुरको ८ स्थानीय तहको जनप्रतिनिधिलाई सपथग्रहण
मकवानपुरको ८ वटा स्थानीय तहको जनप्रतिनिधिलाई सपथग्रहण गराइएको छ ।
बिहिबार हेटौंडामा मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले नव निर्वाचित जनाप्रतिनिधिलाई सपथग्रहण गराउनु भएको हो । हालसम्म मकवानपुरको १० स्थानीय तह मध्य ८ स्थानीय तहमा मतगणना सम्पन्न भई नयाँ जनाप्रतिनिधि चुनिएका छन् ।
मकवानपुरको मकवानपुरगढी अध्यक्ष दोर्जे स्याङतान लामा, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलाई निर्वाचित प्रमाणपत्र दिदै सपथग्रहण गराइएको हो ।
उनीहरुलाई सपथग्रहण गराउदै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जनभाव बुझेर काम गर्न आग्रह गर्दै शुभकामना दिनुभयो ।
हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको भने मतगणना जारि छ । आजबाट अघिल्लो निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कार्यकाल सकिएकोले निर्वाचित नयाँ जनप्रतिनिधिलाई आजै सपथग्रहण गराइएको हो ।