अबको केहीबेरमा हेटौंडाले पाउनेछ नयाँ ‘मेयर’, गठबन्धनकी मीना लामाले जित्ने लगभग निश्चित
अबको केहि समय पछी हेटौंडा उपमहानगरपालिकाले नयाँ मेयर पाउदैछ ।
उपमहानगरपालिका भित्रका अधिकांस वडाको मतगणना सकिएको छ भने केहि वडाको मतगणना जारि छ १९ वटा वडामा जम्मा ७३ हजार ४१४ मत खसेकोमा ६६ हजार मतगणना भैसकेको छ ।
हेटौंडाको मेयरमा मतदाताले कसलाई रोजेका छन् ? अब केही समयमा सार्वजनिक हुँदैछ । अहिलेसम्मको मत परिणाम र अग्रतालाई हेर्दा गठवन्धनबाट मेयरमा उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मिना लामा हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयर बनेर इतिहास रच्ने दौडमा करिब नजिक पुगेकी छिन् ।
मेयरमा अहिलेसम्म महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् । अघिल्लो कार्यकालमा उपमेयर भएर काम गरेकी लामालाई नै मेयर भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने जनमत प्राप्त हुने आँकलन सबैले गर्न थालेका छन् ।
हेटौंडाको मेयर बन्ने दौडमा लामासँगै एमालेका अन्नतप्रसाद पौडेल र राप्रपाका दीपकबहादुर सिंह रहेका छन् । अनेपेक्षित रुपमा लामा र पौडेललाई टक्कर दिएर चुनावी माहौललाई रोचक र चर्चित बनाएका सिंह अहिले दौडको तेस्रो स्थानमा पुगेका छन् ।
अघिल्लो कार्यकाल एमालेबाट निर्वाचित लामा पार्टी फुटेसँगै एकीकृत समाजवादी रोजेकी हुन् । एमालेबाट उपमेयर निर्वाचित भएकी लामा अहिले एमालेलाई नै हराउँदै मेयरको पद नजिक पुगेकी छिन् । गठबन्धनका दलहरुले लामालाई इमान्दारिताका साथ मत नदिएको मतगणानाका क्रममा देखिएपनि उनको यात्रा अब रोकिने देखिदैन् । उनले एमाले संग मतान्तर बढाउदै अग्रता लिइरहेकी छिन् ।
१९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा १,२,३,४,५,६,७,८,१४,१५,१६,१७,१८ र १९ नम्बर वडाको मतगणाना भइसकेको छ । अहिले ९, १०, ११, १२ र १३ नम्बर वडाको मतगणाना भइरहेको छ । आजै यि वडाको मतगणाना सकिनेछ ।
शुक्रबार बिहान १० बजेसम्ममा ६६ हजार ६६९ मतगणना भैसकेको छ । जसमा गठबन्धनकि मिना लामाले २०,५०० मत प्राप्त गरेकी छिन् । त्यस्तै एमालेका अनन्त पौडेलले १८९२६ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका दिपक सिंहले १७६८९ मत प्राप्त गरेका छन् ।
यो नतिजालाई हेर्दा मिना लामाले २८५३ को अग्रता कायम राखेकी छिन् । अब लगभग ६५ सय मत गणना गर्न बाकी छ । मिना लामाको हालसम्मको अग्रतालाई हेर्ने हो भने हेटौंडाको मेयर मिना लामा नै बन्ने निश्चित देखिएको छ ।