हेटौंडामा एमालेले स्वीकार्यो ‘हार’, ३ हजार मत गन्न बाँकी छँदै अनन्त र सुमित्राले लगाइदिए खादा
हेटौंडा उपमहानगरपालिकाको प्रमुख उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएपछी नेकपा एमालेका मेयर उपमेयरका उम्मेदवारले बधाई दिएका छन् । हेटौंडा-२ स्थित मतगणना स्थलमै उपस्थित भई एमालेका उम्मेदवार अनन्त पौडेल र सुमित्रा काफ्लेले गठबन्धनका मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँलाई बधाई दिदै खादा ओडाईदिएका छन् ।
हेटौंडामा अहिले मतगणना जारि छ हालसम्म ७० हजार मत गणना भैसकेको छ । ७३ हजार ४१४ मत खसेको हेटौंडामा अब करिव ३ हजार मत गणना हुन बाकी छ । ३ हजार मतगणना बाकी रहदा मेयरकी गठबन्धनकि उम्मेदवार मिना लामाले २ हजार भन्दा माथिको मतान्तरले अग्रता लिएकी छिन् । उता उपमेयरमा राजेश बानियाँको मतान्तर निकै बढी छ । अहिले हेटौंडा-९, १०, ११,१२ र १३ को मतगणना जारि छ ।