हेटौंडाले पायो पहिलो महिला प्रमुख, गठबन्धनकी मीना लामा विजयी

हेटौंडा खबर
६ जेष्ठ २०७९, शुक्रबार १९:२७

हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक महिला प्रमुख पाएको छ ।

उपमहानगरपालिकामा गठबन्धन तर्फकी नेकपा एकीकृत सवाजवादिकी मीना कुमारी लामा विजयी भएकी छन् । यद्दपी निर्वाचन कार्यालयले घोषणा गर्न भने बाकी छ ।अब हेटौंडाको ११ नम्बर वडाको मात्र थोरै मत गणना गर्न बाकी छ ।

उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अनन्त पौडेललाई पछी पार्दै जित हासिल गर्न सफल बनेकी हुन् । उनि २ हजार भन्दा बढी मतले अग्र स्थानमा छिन् ।

त्यस्तै नेकपा एमाले र गठबन्धनको समेत भोट पाएका राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा सिमित भए । हेटौंडाको मेयरका लागि ३ जनाको रोचक प्रतिष्पर्धा भएको थियो ।

हेटौंडा उपमहानगरपालिकामा कुल मतदाता संख्या १ लाख ४ हजार ६७३ रहेकोमा गत ३० गते सम्पन्न निर्वाचनमा ७३ हजार ४१४ मत खसेको थियो ।

त्यस्तै मकवानपुरमा १० वटा स्थानीय पालिका सबैको मतपरिणाम सार्वजनिक भएको छ । १० मध्ये एमालेले इन्द्रसरोबर गाउँपालिका र भीमफेदी गाउँपालिका मात्र जितेको छ । अन्य ८ पालिकाका गठबन्धन विजयी भएको छ ।

को हुन् मीना कुमारी लामा ?

 बुवा शुक्रविर लामा र आमा सिता देवी लामाको जेठी छोरीको रुपमा बि.स. २०३३ साल पुष २७ गते हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुरमा जन्मिएकी हुन्।

बाल्यबाल साधारण रुपमा व्यतित भएकी लामा बि स २०४६ सालबाट बिद्यार्थी जिवनमै राजनितिमा प्रवेश गरिन्। हेटौंडा उपमहानगरपालिका वडा नं ११ नवलपुर स्थित श्री त्रिभुवन मा.वी मा एस.एल.सी अध्ययन गर्नु भएकी लामाले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए र हरी खेतान बहुमुखी क्याम्पस बिरगंजबाट एल.एल.बी सम्मको अध्ययन गर्दै राजनितिक जिवनलाई निरन्तरता दिइन् ।

बि.स. २०४६ सालबाट बिद्यार्थी जिवनमै राजनितिमा प्रवेश गरेकी लामा बि.स. २०५२ सालमा अनेरास्वबियु मकवानपुरको जिल्ला कोषाध्यक्षको काम गरिन् । राजनितिसँगै अध्ययनलाई अगाडी बढाउदै गर्दा लामाको २०५४ असार १३ गते सामाजिक परम्परा अनुसार बिबाह गरिन् । हेटौंडा १ चाईना क्वाटरका व्यवसायी सुन कुमार लामासंग बिबाह गरेकी लामालाई श्रीमान तथा घरपरिवारको राम्रो साथ सहयोग र मायाले अध्ययन, राजनिति र पारिवारिक जिवनलाई सफलपूर्वक अगाडि बढाउन मद्दत पुगेकी बताउछिन्।

उनको २ सन्तान, छोरा सुमित लामा र छोरी स्वेच्छा लामा छन् । लामाले आफ्ना सन्तानलाई पालन पोषण, सासुससुराको रेखदेख, परिवार सजावटको अलावा राजनितिलाई संगसंगै लिएर सफल रहिन्। जागिर, घर, सन्तान तथा राजनिति संगै अघि बढेकी लामा २0७१ सालमा तत्कालिन एमाले मकवानपुरको उप-सचिव र बिद्यार्थि इन्चार्ज भई काम गरेकी लामा २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव भएकी थिईन् ।

२०७२ सालमा नेपाल लोकतान्त्रिकल आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य समेत भएकी  लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष समेत भईन् ।

राजनिति क्षेत्रमा क्रियाशिल लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उप-प्रमुखको रुपमा भारि मतले विजय हाँसिल गरिन् ।२०१८ देखि लाइन्स क्लब अफ पाथिभराको सदस्य भएकी लामा विभिन्न सामाजिक संघ संस्थामा पनि क्रियाशील छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*