श्रीमतिलाई कुटेर पाठेघर नै निकालिदिएपछी श्रीमान पक्राउ
चितवनमा एक युवकले कुटेर श्रीमतिलाई गम्भीर अवस्थामा पुर्याएका छन् । जिल्लाको खैरहनी नगरपालिका – १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाठेघर नै निकालिदिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार माझीले बिहीबार राति आफ्नी श्रीमतीतिलाई बन्धक बनाएर नराम्ररी पिटेको र गुप्ताङ्गमा हात हालेर पाठेघर नै निकालिदिएका हुन् ।
घाइते श्रीमतिलाई हाल भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । रामचन्द्रलाई पक्राउ गरि हाल अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
विवादको कारण भने खुलाइएको छैन।