अदालतले रोकेको निजगढ विमानस्थललाई बजेटमा समेटियो
हेटौंडा खबर
१५ जेष्ठ २०७९, आईतवार १७:०६
अदालतले निर्माण रोकेको निजगढ विमानस्थल निर्माणको लागि सरकारले बजेट व्यवस्थापन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।
गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत अर्थमन्त्रीले गरे । त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ ।