सरकारी कर्मचारीको तलब बढ्यो
हेटौंडा खबर
१५ जेष्ठ २०७९, आईतवार १८:३४
सरकारी कर्मचारीको तलब बढेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै सरकारी कर्मचारीको तलव सुविधामा २०७९ साउन १ गतेदेखि लागु हुने गरि १५ प्रतिशतले बढ्ने बताएका हुन् ।
अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।