हेटौंडा कपडा उद्योग संचालन गरिने, सार्वजनिक पदमा बसेका व्यक्तिले उद्योगकै कपडा लगाउनुपर्ने
हेटौंडा कपडा उद्योग संचालनमा ल्याइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै बन्द रहेको कपडा उद्योग उपयुक्त ढांचामा संचालनमा ल्याइने बताएका छन् ।
उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरिएको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।
करिब २० करोड रुपैयाँमा स्थापना भएकाे कपडा उद्योग २०५७ सालयता बन्द अवस्थामा छ ।
सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।