चुरोटको कर बढ्यो, आयातितको प्रतिखिल्ली ३० रुपैयाँ पुग्यो
हेटौंडा खबर
१६ जेष्ठ २०७९, सोमबार १२:३५
चुरोटको मूल्य बढ्ने भएको छ। कच्चा पदार्थ र तयारी चुरोटको आयातमा सरकारले कर बढाएपछि मूल्य वृद्धि हुने भएको हो।
यसअघि चुरोटमा लाग्ने कच्चा पदार्थ डाँठबाट नछुट्याइएको सुर्ती अन्त:शुल्क प्रतिकेजी ११८ रुपैयाँ थियो। अहिले १३० रुपैयाँ अन्तशुल्क पुर्याएको छ।
अहिले विदेशबाट आयत हुने तयारी चुरोट प्रतिखिल्ली २१ रुपैयाँ छ। अब यसको मूल्य ३० रुपैयाँ पुग्ने भएको हो। बढेको मूल्य सोमबारदेखि नै लागु हँदैछ।