भरतपुर अस्पतालमा चोरको आतंक
हेटौंडा खबर
१६ जेष्ठ २०७९, सोमबार १३:३०
चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आएकी एक ज्येष्ठ नागरिकको पैसा चोरी भएको छ ।
टिकट काट्ने ठाउँमा लाइन लाग्ने क्रममा ७४ वर्षीया मण्डली खनालको झोलामा भएको करिब २८ हजार रुपैयाँ चोरी भएको उनले बताइन् ।उनी घाँटीको उपचारका लागि अस्पताल आएकी थिइन् ।
अस्पताल परिसरमा ५५ भन्दा बढी सिसिक्यामेरा जडान गरिएको भए पनि दिनहुँजसो पैसा, पर्स र मोबाइल चोरीका घट्ना बढ्दै गएका छन् ।