पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाइने

हेटौंडा खबर
१६ जेष्ठ २०७९, सोमबार १६:५२

सरकारले पूर्वाधार कर हटाएर पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमवार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्म्मेलनमा बोल्दै पेट्रोलको मूल्य घटाइने जानकारी गराएका हुन् ।

‘पेट्रोलियम पदार्थको मूल्य घटाउन सक्ने आधार नै सरकारले लिँदै आएको पूर्वाधार कर हटाउने हो, त्यो बाहेकको विकल्प अहिलेलाई छैन,’ उनले भने ।

त्यसका लागि अर्थ मन्त्रालयले तयारी गरिरहेको उनले बताए । ‘मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेको छ, अब छिट्टै यो निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*