सेयर बजारमा ५० अंकको गिरावट

हेटौंडा खबर
१६ जेष्ठ २०७९, सोमबार १६:५८

सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

आज नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा अडिएको छ। आज २२७ कम्पनीको  ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँमा सेयर खरिदबिक्री भयो। २६ हजार ९४९ पटक सेयर कारोबार भयो।

कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। यसदिन ट्रेडिङ समूहको सर्वाधिक ३.२२ प्रतिशतले सूचक घटेको हो। बैंकिङ, डेभलपमेन्ट बैंक,हाइड्रोपावर,फाइनान्सलगायत  १० समूहको सूचक २ प्रतिशत बढीले घट्यो। माइक्रो फाइनान्स र होटल एन्ड टुरिजमको एक प्रतिशत बढीले सेयर मूल्य घट्यो।

दोहोरो अंकको गिरावट आएको सेयर बजारमा एउटा कम्पनीको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। बलेफी हाइड्रो पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो। यस्तै ,उपकार लघुवित्त वित्तीय संस्थाको ८.२३ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा यसदिन नेपाल टेलिकम अग्रस्थानमा रह्यो। सो कम्पनीको ४ करोड ९६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसमा तपाइको मत

Your email address will not be published.


*