यौनिक तथा लैङगिक अल्पसंख्यकको पहिचान स्थापित गराउन उपमहानगरले सहयोग गर्छ- बानियाँ
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले यौनिक तथा लैङगिक अल्पसंख्यक समुदायको क्षमता अभिबृद्धिका लागि उपमहानगर अभिभावक बन्न तयार रहेको बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखाको आयोजनामा भएको यौनिक तथा लैङगिक अल्पसंख्यकको लागि क्षमता बिकास कार्यक्रममा अल्पसंख्यक समुदायको पहिचान स्थापित गराउन उपमहानगरले सहयोग गर्ने बताए ।
समुदायले फरक द्रिष्टीकोणले हेरेपनि उपमहानगर सधै साथ र सहयोगका लागि तयार रहेको भन्दै सामाजिक काममा समन्वय गर्न उपमहानगर तयार रहेको बताए । उनले सकारात्मक ढंगबाट अल्पसंख्यक समुदायले गरेको काम र सामाजिक अभियानबाट उपमहानगर सन्तुष्ठ रहेको भन्दै आगामि दिनमा सामाजिक काममा समन्वयका लागि तयार रहेको बताए ।
सामाजिक महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका १९ वटै वडाका अध्यक्षहरु तथा कार्यपालिकाका सदस्य,उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, फ्रेण्ड्स हेटौंडाका कार्यक्रम संयोजक किरण थापाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा महाशाखा प्रमुख लामिछानेले यौनिक तथा लैङगिक अल्पसंख्यकको लागि क्षमता बिकास तथा अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।