भारतले आजबाट चिनी नदिने

हेटौंडा खबर
१८ जेष्ठ २०७९, बुधबार १२:४७

भारत सरकारले बुधबारबाट नेपालसहितका देशहरुमा चिनी निर्यातमा रोक लगाएको छ ।

यसअघि आयात प्रक्रियामा रहेकोभन्दा बाहेक चिनी भारतले प्रतिवन्ध नखुलाएसम्म अब नेपालले आयात गर्न पाउने छैन् ।
भारत सरकारले निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा चिनीको कृतिम अभाव सिर्जना गर्ने कार्य व्यापारीबाट सुरु भइसकेको छ भने उपभोक्ताले पनि चिनी स्टक राख्न एकै पटक बढी खरिद गर्न सुरु गरेका छन् । यसले बजारमा चाँडै चिनी अभाव हुने देखिएको छ ।

भारतले गहुँ निर्यातमा रोक लगाएसँगै चिनी लगायतका बस्तुमा पनि रोक लगाउने संकत गरेको थियो । यो विषयलाई सरकारले नबुझे पनि व्यापारीहरुले भने बुझिसकेका थिए । जसले गर्दा बजारमा भएको चिनी व्यापारीले लुकाउन थालेका छन र सरकारको आफ्नै संयन्त्रसँग चिनी स्टक छैन् ।

स्वभाविक रुपमा मागको आधा पनि उत्पादन गर्न नसक्ने नेपाललाई भारतले चिनी निर्यातमा रोक लगाएसँगै प्रत्यक्ष असर पार्छ । अहिले पनि नेपालमा भारतबाट वार्षिक एक लाख ६० हजारभन्दा माथि मेट्रिकटन चिनी आयात हुने गरेको व्यसायीहरु बताउँछन् ।

भन्सार विभागका अनुसार नेपालको उत्पादनले वार्षिक मागको करिब ५० प्रतिशत मात्रै माग धान्न सक्छ । बैशाख महिनाकै तथ्यांक हेर्ने हो भने नेपाली बजारमा वार्षिक तीन लाख मेट्रिकटन चिनी खपत हुने देखिन्छ । अब नेपालमा अपुगहुने चिनी सरकारले तेस्रो मुलुकबाट खरिद गरी आयात गर्नुपर्छ । जुन लागतका हिसावले पनि महंगो पर्न आउँछ ।

उद्योगीहरुको भनाइलाई आधारमान्दा नेपालमा अहिले वार्षिक करिब एक लाख ४० मेट्रिकटन चिनी उत्पादन हुन्छ । तर, यो विवरणसँग उद्योग मन्त्रालयको रेकर्डले मेल खाँदैन् । सरकारी तथ्यले ९० हजार मेट्रिक्टनसम्म चिनी आन्तरिक उत्पादन हुने देखाउँछ ।

नेपालमा चिनी आयात गर्ने सरकारी स्वामित्वको नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनी मौज्दात सकिन लागेपछि टेण्डर खोल्ने तयारी गर्दैछ । अन्तर्राष्ट्रियस्तरमा टेन्डर आह्वान गरेपछि चिनी आउने विषयमा थाहा हुन्छ । तर, अहिलने बाजारमा भने चिनीको अभाव सुरु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*