इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने

हेटौंडा खबर
१९ जेष्ठ २०७९, बिहीबार १२:४३

आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ ।

सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो ।
इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान)का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्दै दूरसञ्चार सेवाशुल्क ३ प्रतिशतले कटौती गर्ने घोषणा गरेका थिए ।यससँगै, हाल १२ सय ३ रुपैयाँ पर्ने इन्टरनेटको मासिक प्याकेज अब ११ सय ८६ रुपैयाँमै पाइने आइस्पानले जनाएको छ । यस्तै, आइस्पानले दूरसञ्चार सेवाशूल्क घटाएकोमा सरकारलाई धन्यवाद समेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*