बालेनका समर्थकले काठमाडौंको नाम फेरिदिए
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट विजयी बालेन साहका समर्थक निकै उत्साहित देखिएका छन् । उनीहरुले रमाइलै रमाइलोमा काठमाण्डूलाई बालमाण्डू लेख्न थालेका छन् ।
यसअघि पर्यटकीय बजार ठमेलको नक्कल गर्दै ललितपुरको झम्सिखेललाई बोलीचालीमा झमेल भन्न थालिएको थियो । अहिले काठमाण्डूलाई बालमाण्डू भनिएको हो ।
ठमेलमा रहेको आरडीएक्स टाटु एण्ड बार स्टुडियोले गरेको विज्ञापनमा बालेनको निम्ति आफूहरु र आफूहरुको निम्ति बालेन भएको नारा लेखिएको देखिन्छ । ठमेल नर्सिङ चोकमा रहेको उक्त बारमा रहेको शौचालयलाई पब्लिक रेष्टरुम भनिएको छ । यसको अर्थ सो ठाउँमा हिँड्ने जो कोहीलाई शौच लागेमा तत्काल आरडीएक्सको शौचालय जान सकिने भन्ने हो ।
पुरानो टेम्पोलाई प्रवेशद्वार बनाइएको उक्त बारले काठमाडौंको सट्टा बालमाण्डू लेखेको छ ।