दुई दिनमा प्रतितोला १३०० बढ्यो सुन
दुई दिनमै सुनको भाउ प्रतितोला १३०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो भने बुधबार ९७ हजार २०० रुपैयाँ थियो ।
गत फागुन २५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च रेकर्ड बनाएको थियो । सो दिन सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य पनि दुई दिनमा प्रतितोला ४० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १२५० रुपैयाँ रहेको चाँदी बिहीबार १२६५ पुगेको थियो भने शुक्रबार १२९० कायम भएको छ ।