शेयर बजार ओरालो लाग्दै २०६५ को बिन्दुमा

हेटौंडा खबर
२३ जेष्ठ २०७९, सोमबार १६:०९

साताको पहिलो कारोबारको दिन (सोमबार) शेयर बजारमा करिब १३ अंकले घटेको छ ।

पछिल्लो समय उच्च अंकले घटेको शेयर बजार आज पनि १२.९२ अंकले घटेर २०६५.७८ को बिन्दुमा पुगेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१२ अंकले घटेर ४००.३६ विन्दुमा झरेको छ ।

कूल २२८ वटा कम्पनीको ४४ लाख ९ हजार ६ सय ९१ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २ सय ७७ रूपैयाँ बराबरको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।

सोमबार एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख ७७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९ सय ३२ रूपैयाँ ८० पैसा पुगेको छ ।

त्यसैगरी, यस दिन हिमालयन बैंक लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ५८ रूपैयाँ ९० पैसामा झरेको छ ।

facebook sharing button

यसमा तपाइको मत

Your email address will not be published.


*