सन्चो हस्पिटलको अध्यक्षमा पुडासैनी
सन्चो हस्पिटल प्रा.लि.को अध्यक्षमा विजय पुडासैनी चयन भएका छन् ।
हस्पिटलका अध्यक्ष राजेश बानियाँ हेटौडा उपमहानगरपालिकाको उपमेयरमा विजयी भएपछि सोमबार बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी दिइएको हो ।
विगत लामो समयदेखि अटो मोवाइलको क्षेत्रमा सक्रिय पुडासैनी आइचर गाडी कम्पनीको क्षेत्रीय प्रबन्धक भइसकेका र स्वास्थ्य क्षेत्रमा केहि वर्षदेखि निरन्तर सक्रिय छन् ।
अध्यक्षमा चयन भए पश्चात् पुडासैनीले भने ‘राजेश दाई अध्यक्ष हुँदा यो हस्पिटलले स्वास्थ्य क्षेत्रमा जुन एउटा छुट्टै स्थान बनाएको छ । म अध्यक्ष भइराख्दा पनि सन्चो हस्पिटलको त्यो गरिमालाई कायम राखी मकवानपुरको नमूना हस्पिटल बनाउने छु ।’