बागमती प्रदेश बजेट: मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९ करोड ५२ लाख
हेटौंडा खबर
१ असार २०७९, बुधबार १७:०६
बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९ करोड ५२ लाख बजेट बिनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रतिष्ठानको आफ्नो छुट्टै अस्पताल निर्माणका लागि बजेट बिनियोजन गरेको बताएका छन् ।