हेटौंडामा प्रदेश सरकारले चक्रपथ बनाउने, १ अर्ब ५ करोड बजेट बिनियोजन
प्रदेश सरकारले हेटौंडा चक्रपथ सडक निर्माण गर्ने भएको छ ।
बागमती सरकारले प्रदेश राजधानी हेटौंडामा चक्रपथ निर्माण गर्नका लागि १ अर्ब ५ करोड बजेट बिनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेश राजधानीलाई सुबिधा सम्पन्न बनाउन चक्रपथ निर्माणका लागि बजेट बिनियोजन गरेको बताएका छन् ।