प्रदेश सरकारको बजेटमा ‘बल्खु- हेटौंडा’ सुरुङ्गमार्ग !
हेटौंडा खबर
१ असार २०७९, बुधबार १७:४४
बागमती प्रदेश सरकारले बल्खु- हेटौंडा सुरुङ्गमार्ग निर्माण गर्न अध्ययन सुरु गर्ने जनाएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै बल्खु- हेटौंडा सुरुङ्गमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न बजेट बिनियोजन गरेको बताएका छन् ।