मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनलाग्दी- जेठमा हुनुपर्ने परीक्षा अझै भएन, विद्यार्थीको भविष्य अन्योल
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको मनलाग्दीले विद्यार्थीको भविस्य अन्योलमा परेको छ ।
हेटौंडा स्थित प्रतिष्ठानले जेठमा हुनुपर्ने जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजीको स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा रोकिदिएपछी अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।
यस अघि प्रदेशको स्वास्थ्य मन्त्रालयले बजेट नदिएको र परिक्षा गराउन पैसाको अभाव भएको बाहानामा ३ जेठबाट सुरु हुनुपर्ने परिक्षा रोकिएको थियो । प्राविधिक कारण देखाउदै असार १ गतेदेखि परिक्षा गर्ने भनिएपनि प्रतिष्ठानले आजसम्म परिक्षा संचालन नगर्दा यहाँ अध्यनरत विद्यार्थीहरु मर्कामा परेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष सतिस देवले रकमको अभाव र बजेट नआएकाले परिक्षा स्थगित गरिएको बताएपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बजेटसमेत दिइसकेको बुझिएको छ तर आजसम्म परिक्षा हुने नहुने टुंगो लागेको छैन ।
प्रतिष्ठानको कार्यकारी परिषदले जेठमा हुने भनिएको परीक्षा स्थगीत गरि असार १ लाई तोकेको थियो । तर आज सम्म परिक्षा भएको छैन । परीक्षा रोकिँदा ३९ जना विद्यार्थीको भविष्य अन्यौल बनेको छ ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई गत वर्ष जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याब टेक्नोलोजीमा ३० सिटमा अध्यापन गराउनका लागि अनुमति दिएको थियो ।