हेटौंडा उपमहानगरपालिकालाई अनेरास्ववियुको ९ बुदे ध्यानाकर्षण पत्र, वेवास्ता गरे आन्दोलन गर्ने चेतावनी

हेटौंडा खबर
९ असार २०७९, बिहीबार १४:३२

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ९ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहिबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ समक्ष विद्यार्थीको दिवा खाजा वापतको रकम वृद्धि, निजि विद्यालयले बढाएको शुल्क, विद्यार्थीका लागि नगरबस, छात्रवासलगायतको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका आफ्ना मागहरु सम्बोधन गर्न उपमहानगरपालिकालाई आग्रह गरेका छन् । साथै आफ्ना मागलाई बेवास्ता गरे चरणवद्ध आन्दोलनमा उत्रिन बाध्य हुने भन्दै चेतावनीसमेत दिएका छन् ।

उनीहरुले राखेका मागहरु यस्ता छन् : 

१)हेटौडा उपमहानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजा वापत रु १५/- मात्र उपलब्ध हुने कुरा उपर अनेरास्ववियु मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ । वर्तमान अवस्थामा त्यो रकम अपर्याप्त तथा बवैज्ञानिक रहेको हुँदा दिवा खाजा बापतको रकम रु २५/- कायम गर्नका लागि हाम्रो संगठन जोडदार माग गर्दछ ।

२) हेटौडा उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुले शैक्षिक वर्ष २०७९ को लागि गरिएको चर्को शुल्क वृद्धि प्रस्ताव अवैज्ञानिक र समयसापेक्ष नरहेको र सेवा भन्दा पनि बढी नाफा कमाउने उदेश्य रहेकोले गर्दा सो शुल्क वृद्धि प्रस्ताव पुन नया ढगंबाट गराउनका लागि हाम्रो संगठन जोडदार माग गर्दछ ।

३) हेटौडा उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुले शैक्षिक वर्ष २०७९ को लागि प्रस्तावित शुल्क उपर कुनै निर्णय नभई शुल्क लिन थालिएकोमा अनेरास्ववियु मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ । प्रकृयागत ढगंबाट आउदा पनि कार्यपालिकाले निर्णय गरे पश्चात मात्र शुल्क निर्धारण हुने व्यवस्था विपरित शैक्षिक संस्थाहरु लागेको हुदा कार्यपालिकाबाट शुल्क निर्धारण नभएसम्म वा हाम्रो माग सम्बोधन नभए सम्म हाललाई शैक्षिक वर्ष २०७८ मा कायम भएको शुल्क मात्र लिन अनेरास्ववियु जोडदार माग गर्दछ।

४) हेटौडा उपमहानगर भित्रका निजी शैक्षिक संस्थाहरुको वर्गीकरण आवश्यक छ। पटकपटकको आग्रहलाई बेवास्ता गरिएको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । वर्गीकरणको लागि कार्यदल गठन गरि यथाशिघ वर्गीकरण गर्न हुन हाम्रो संगठन माग गर्दछ ।

५) राज्यको लगानी रहेको सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यमको नाममा शुल्क उठाएको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । निशुल्क विधुत वितरण गर्न सक्ने उपमहनगरले सामुदायिक शिक्षा निशुल्क गर्न नसक्ने कुरा कतैबाट पनि व्यवहारीक नरहेको हुदा शुल्क लिने सामुदायिक विद्यालयलाई कारवाहीको दायरामा ल्याई यथाशिघ्र शुल्क लिने परिपाटीको अन्त्य गरियोस ।

६) निजी शैक्षिक संस्थाहरुले कमिसनको चक्करमा वर्षे पिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने कुरा गम्भीर छ । पाठ्यपुस्तक अपडेटेड वा अपग्रेडेड भएमा मात्र परिवर्तन गर्न माग गर्दछौं।

७) निजी शैक्षिक संस्थाका विद्यार्थीहरुको कलिला काधमा गहुगो भारी कहिले सम्म ? यस्को अन्त्यको पहलकदमी उपमहानगरले लिनु पर्छ र यस्को लागि हाम्रो संगठन जस्तोसुकै सहयोग गर्न पनि तयार छ।

८) हेटौडा उपमहानगर भित्र रहेका विद्यार्थीहरुको लागि नगरबस संचालन गर्न माग गर्दछौ ।

९) उपमहानगर भित्र छात्रावास अपरिहार्य रहेको हुदा छात्रावासको व्यवस्था मिलाउन अनेरास्ववियु मकवानपुर जोडदार माग गर्दछौ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*