हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोड ७९ लाखको बजेट

हेटौंडा खबर
१२ असार २०७९, आईतवार १७:११

हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट प्रस्तुत गरेको छ ।

आइतबार भएको नगरसभामा  हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ ।

सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया, वन तथा वातावरण तर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा सस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ ।

विविध कोष तर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको छ ।

राजस्व बाँडफाँट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ९४ हजार र संघीय सरकारबाट  १ अर्ब ६ करोड ९५ लाख प्राप्त हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*