हेटौंडाका विद्यालय छात्रामैत्री र अपाङ्गमैत्री, निजि विद्यालय वर्गीकरण गरिने

हेटौंडा खबर
१२ असार २०७९, आईतवार १७:४१

हेटौंडा उपमहानगरपालिकाका विद्यालयमा निर्माण हुने शौचालय लगायत समग्र भौतिक संरचनालाई अनिवार्य रुपमा वालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री बनाइने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले वालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री हुने गरि व्यवस्था गरिने बताएका छन् ।
त्यस्तै हेटौंडाका संस्थागत विद्यालयसंग आवश्यक समन्वय एवम् सहकार्य गरी विद्यालयहरुको वर्गीकरण र नियमनको व्यवस्था गरिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*