हेटौंडामा साईकल र ठेलामा व्यवसाय गर्नेले पनि कर तिर्नुपर्ने
हेटौंडामा साईकल र ठेलामा व्यवसाय गर्नेले कर तिर्नुपर्ने भएको छ ।
आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि उपज व्यवसाय वाहेक फुटपाथ, साईकल, ठेला तथा घुम्ती व्यवसायहरुलाई करको दायरामा ल्याइने बताएका छन् ।
साथै व्यवसाय दर्ता नगरी व्यवसाय संञ्चालन गरिरहेका व्यवसायीहरुलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याइने उनले बताएका छन् ।