हेटौंडामा सुविधा सम्पन्न ‘प्रसुती अस्पताल’ निर्माण गरिने
हेटौंडामा प्रसुती अस्पताल निर्माण गरिने भएको छ ।
आइतबार भएको नगरसभामा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारसँगको समन्वय र सहयोगमा उपमहानगरपालिका क्षेत्रभित्र सम्भाव्यता अध्ययनको आधारमा सुविधा सम्पन्न प्रसुती अस्पताल निर्माण र स्वास्थ्य संस्थाहरुबाट सुरक्षित मातृत्वको लागि बर्थिङ्ग सेन्टर सञ्चालन गर्न रु. १ करोड विनियोजन गरिएको बताएका छन् ।