बागमतीका मुख्यमन्त्री पान्डेविरुद्ध हस्ताक्षर संकलन

हेटौंडा खबर
१६ असार २०७९, बिहीबार १५:३१

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पान्डेविरुद्ध हस्ताक्षर सन्कलन सुरु गरिएको छ । प्रदेश सभाबाट बजेट पास भए लगत्तै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षर संकलन सुरु गरिएको हो ।

पान्डे मुख्यमन्त्री बन्ने बेलामा भएको सहमती अनुसार नेपाली काङ्ग्रेसलाई मुख्यमन्त्री छाड्न तयार नभएपछी गठबन्धनका दुई दल हस्ताक्षर सन्कलनमा जुटेका हुन् । नेकपा एमालेको प्रदेश सरकार ढलेपछी गठबन्धनमा पान्डे र काङ्ग्रेसका इन्द्रबहादुर बानियाँ आधाआधा मुख्यमन्त्री बने सहमती भएको थियो ।तर अहिले मुख्यमन्त्री पद छाड्न पाण्डेले केन्द्रको निर्देशन चाहिने भनेपछी गठबन्धन विचमै हस्ताक्षर सुरुभएको छ ।  सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेको हो । राजेन्द्र पान्डे गत कात्तिक ११ गते ६ महिनाको लागि नेतृत्व गर्नेगरी सहमतीमा मुख्यमन्त्री बनेका थिए । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२ र नेकपा (एस)का १३ साम्सद सहितको गठबन्धनको सरकार छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*