नवोदयमा ‘म्याथ क्याम्प फायर’

हेटौंडा खबर
२१ असार २०७९, मंगलवार २१:०१

हेटौंडामा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयमा विद्यार्थीले ‘म्याथ क्याम्प फायर’ कार्यक्रम गरेका छन् । मंगलबार भएको कार्यक्रममा २४ वटा स्टल राखिएको थियो ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले हलो, ढिक्की र मादल निर्माण गर्दा गणित विषयको प्रयोगको विषयमा प्रस्तुती दिएका थिए भने कमाने एकेडेमी विद्यालयका विद्यार्थीले ‘द म्याथ अफ आवर युनिभर्स’ सम्बन्धी सामग्री स्टलमा राखेका थिए । यसैगरी नवोदय विद्यार्थीले सांस्कृतिक कला, व्रम्हाण्ड र प्राकृतिसँग गणित कसरी जोडिएको छ भन्ने सामग्री जस्तै (चरेसको थाल, ग्यालेक्सी, गितार, साराङ्गी, रङ्गोली, हिमालय श्रृङ्खला, ट्याली हाउस) लगायत स्टलमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा  निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने बताए । सुवेदीले हरेक क्षेत्रमा प्रयोग हुने गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु र प्रत्येक पाइलामा प्रयोग गर्न ‘आइडिया’ निकाल्न सक्ने जनशक्ति निर्माण गर्नु गणितको मुख्य उद्देश्य रहेको बताए ।

गणित विषयलाई फरक–फरक दृष्टिकोणबाट हेर्न र सिकाउनका लागि मद्धत मिल्ने भएकोले नवोदय गणित समूहले कार्यक्रम गर्ने गरेको विद्यालयले जनाएको छ  ।

म्याथ क्याम्फायर कार्यक्रमबाट पढाइमा सहयोग मिल्नुको साथै अनुसन्धान गरी वस्तुको अवस्थाको बारेमा जानकारी प्राप्त हुने भएकाले यो कार्यक्रम बढी प्रभावकारी हुने नवोदयका गणित शिक्षक गोपाल घिमिरेले बताए ।

गणित उपयोगिताबारे हुने कार्यक्रम म्याथ क्याम्पफायर कार्यक्रम नवोदय गणित समूहको चौथो कार्यक्रम हो । कार्यक्रम नवोदय गणित समूहका अध्यक्ष एल्जीना दङ्गालको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*