हेटौंडाको संस्कृत विद्यालयलाई हिमालयन बैंकको सहयोग
मकवानपुर जिल्लाको एक मात्र संस्कृत पढाइ हुने हेटौंडा १० स्थित संस्कृत वेद विद्यालयलाई हिमालयन बैंक हेटौंडा शाखाले सहयोग गरेको छ ।
बुधबार विद्यालयमा पुगी बैंकका हेटौंडा शाखा अधिकृत अजय उपाध्याय र शैलेन्द्र पोखरेलले बुक र्याक बनाउनका लागि ४० हजार सहयोग गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुयसराज पराजुलीलाई ४० हजार रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।
बैकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई सहयोग गरेको जनाएको छ । गत वर्ष पनि विद्यालयको लागि पोषाक खरिदका लागि बैंकले ५० हजार सहयोग गरेको थियो ।
विद्यालयमा हाल २४ जना विद्यार्थी पुर्ण आवाशिय सुविधासहित अध्ययनरत छ्न । सरकारी निकायले चासो नदिदा जिल्लाकै एक मात्र संस्कृत विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।