अनुशासनको कारवाही स्वरूप केपी ओलीलाई अध्यक्षबाट हटाइयो : प्रचण्ड

हेटौंडा खबर
७ पुष २०७७, मंगलवार २१:०३

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासनको कारवाही स्वरूप अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय भएको बताएका छन् ।

मंगलवार प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।

भीम रावलले १३ बुँदे प्रस्ताव पेश गर्दै ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पेश गरेका थिए ।

प्रस्ताव पारित भएपछि प्रचण्डले अनुशासनको कारवाही स्वरूप ओलीलाई अध्यक्षबाट हटाइएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*