राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच  भेटवार्ता

होउ यान्छी फेरि सक्रिय
हेटौंडा खबर
७ पुष २०७७, मंगलवार २१:०६

नेपालकालागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छन् । नेपालमा राजनीतिक सरगर्मी बढेसँगै राजदूत यान्छीको सक्रियता बढेको हो ।

आज मंगलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत होउ यान्छीबीच  भेटवार्ता भएको छ । राष्ट्रपतिसँग भेट्न राजदूत यान्छी साँझ ६ बजेतिर शीतल निवास पुगेकी थिइन् । नेकपा भित्रको आन्तरिक विवाद बढिरहेका बेला राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा विवाद उत्पन्न हुँदा यस अघि पनि यान्छी निकै सक्रिय भएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*