हेटौंडामा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला

हेटौंडा खबर
११ पुष २०७७, शनिबार ०७:४४

हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाइएको छ । संसद विघटनको बिरोधमा जनता समाजवादी पार्टीले  प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएको हो ।
संसद विघटन गर्नु असंवैधानिक हो भन्दै चरणवद्ध आन्दोलनमा रहेको जसपाले शुक्रबार साझ हेटौंडाको सिमा चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

संसद पुनर्स्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जसपाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*