कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले गर्यो यस्तो निर्णय

हेटौंडा खबर
११ पुष २०७७, शनिबार ०७:४८

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि काठमाडौंमा कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले  संसद विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै यसको विरोध गर्ने र प्रदेशमा अन्य राजनीतिक दलसँग आवस्यक छलफल र भेटवार्ताको लागि संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई जिम्मा दिने निर्णय भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङका अनुसार संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसको सशक्त विरोध गर्ने निर्णय भएको छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएपछि केन्द्रमा मात्र नभई प्रदेशमा समेत नयाँ समीकरणबारे चर्चा सुरु भएको छ । मुख्यमन्त्री पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव अघि बढेसँगै बागमती प्रदेश सरकारमा कांग्रेस निर्णयक देखिएको छ । बागमती प्रदेश सभामा कूल १ सय १० जना सांसद छन् । जसमा प्रचण्ड–माधव समूहका ४६ र ओली पक्षका ३४ जना छन् । यसरी हेर्दा मुख्यमन्त्रीबाट पौडेललाई हटाएपछि नयाँ सरकार बनाउन बागमती प्रदेशमा प्रचण्ड–माधव समूहलाई १० सांसद अपुग देखिन्छ । कुल ५६ मत पुर्याउँदा मात्र सरकार बनाउन बहुमत पुग्छ ।

यता नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको छ , यसलाई हेर्दा काङ्ग्रेसले प्रचण्ड(नेपाल पक्षलाई सहयोग गर्ने संकेत देखिएको छ । यद्धपि यसबारे काङ्ग्रेसले संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई जिम्मा दिएको छ । यसमा काङ्ग्रेसले कस्तो धारणा बनाउछ त्यो भने हेर्न बाकि छ । १ सय १० सांसद मध्ये नेकपाको ८० सांसद थिए भने अहिले ४५ र ३५ मा विभाजित भएका छन् । २२ सांसद रहेको नेपाली कांग्रेस निर्णायक शक्ति बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*