मुख्यमन्त्री पौडेल भन्छन् : विश्वासको मत लिएर अगाडि बढ्छु

हेटौंडा खबर
११ पुष २०७७, शनिबार ०८:१६

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् ।

पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले गम्भीर बनाएको बताए ।पौडेलले सरकारविरुद्ध सरकारमै रहेका मन्त्रीले अभिव्यक्त गरेको धारणाप्रति विरोध जनाए ।

उनले सहकर्मी मन्त्रीकै अगुवाइमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनुलाई दुःखद् परिघटनाको रुपमा लिएको उल्लेख गरे ।दर्ता गरिएको अविश्वासको प्रस्तावलाई सदनमार्फत सानदार खण्डन गरेर विश्वासको मत प्राप्त गर्ने मुख्यमन्त्री पौडेलको भनाई छ ।

पौडेलले मन्त्रीले राजीनामा पत्रमा आरोप लगाएजस्तो सरकार सुस्त नभएको दावी गरे । पौडेलले आफ्नो पक्षमा बहुमत पु¥याउन तयार रहेको पनि बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*