नेकपा चितवन पार्टी कार्यालयमा ओली समूहले ताला लगाए, प्रचण्ड-नेपाल समुहले फोडे
नेकपा चितवनको पार्टी कार्यालयमा ओली समूहले आज बिहान लागेको ताला प्रचण्ड-नेपाल समुहले फोडेको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका थिए ।
ओली समुहले ताला लगाएको केहि समयपछि प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले फोडेका हुन् ।
साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यका प्रतिक्रिया दिएका थिए ।
उता कार्यालयमा कोही नभएको बेला तालाबन्दी गरिनु अनैतिक क्रियाकलाप भन्दै प्रचण्ड -नेपाल समुहका युवा कार्यकर्ताले ताला फुटाएका छन् ।