मुख्यमन्त्री पौडेलको आरोप – मकवानपुरका सांसद विकास विरोधी, जनतालाई विकास पचेन 

हेटौंडा खबर
१५ पुष २०७७, बुधबार २०:३९

आफुमाथि अविस्वासको प्रस्ताव दर्ता भएपछी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरका सांसद विकास विरोधी र यहाँका जनतालाई विकास अपच भएको आरोप लगाएका छन् ।

बुधबार हेटौंडाको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत महोत्सवको कार्यक्रममा बोल्दै पौडेलले आफु नेतृत्वमा रहेको  प्रदेश सरकारले गरेको विकासको विरोध गर्नेहरुले अविस्वासको प्रस्ताव दर्ता गरेको बताए ।

प्रदेश सरकारले पूर्वाधार विकासमा छलाङ्ग मारिरहेको बताउदै उनले मिसन र भिजन नभएकाहरुले आफुमाथी आफ्नै जिल्लाका सांसदले अविश्वास गरि विभिन्न आरोप लगाएको बताए ।

सुरुङमार्ग, विद्युतबसको संचालनको तयारी, सडक चौडा , हेटौंडा अस्पतालको स्तरोन्नति लगायतको उदारण दिदै बिकासका कार्यमा   छलाङ मारिरहेको अवस्थामा काम गर्न सकेन भन्नु कत्तिको जायज हो ? भन्दै प्रश्न पनि गरे ।

नेकपा केन्द्रको बिबाद चुलिएपछी बागमती प्रदेशमा पनि मुख्यमन्त्री पौडेल बिरुद्ध गत १० गतेनै अविस्वासको प्रस्ताव गर्दा भएको थियो ।

आफुबिरुद्द अविस्वासको प्रस्ताव दर्ता भएपछी पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई मंगलबार पदबाट हटाएका छन् । साथै उनीहरुसहित अन्य ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको छ ।

यता नेकपाको प्रचण्ड-माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*