भारतमा पनि भेटियो कोरोनाको नयाँ प्राजाति

हेटौंडा खबर
२१ पुष २०७७, मंगलवार ०८:४२

भारतमा पनि कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रकार भेटिएको छ । भारत राजस्थानको श्रीगंगानगरका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको समाचार संस्था एएनआईले जनाएको छ ।

नयाँ भाइरस देखिएपछि तीन जनालाई नै जिल्ला अस्पताल भर्ना गरिएको छ । उनीहरुको नमुना लिने र कन्ट्याक टे«सिङमा परेकाको खोजी सुरु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

सन् २०१९ को डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिसकेको छ । पछिल्लो समय बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार अघिल्लो भन्दा तिब्रगतिमा फैलिरहेको छ ।

अहिलेसम्म विश्वभर ८ करोड ६० लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ६ करोड निको भइसकेका छन् । १८ लाख ५९ हजारको भने मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*