देशैभर चिसो, वर्षा र हिमपातको सम्भावना

हेटौंडा खबर
२१ पुष २०७७, मंगलवार ०८:४८

पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली रहेको छ ।

मंगलबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश  १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ । हिमपात र वर्षाका कारण चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*